विज्ञान
अभिशाप नभई वरदान
तलका
प्रश्नहरुको उत्तर लेख :
वाद
विवाद प्रतियोगिताको संचानल कहाँ हुदै छ ?
उत्तर
– वाद विवादको प्रतियोगिताको संचालन कौलालीको धनगडीमा अवस्थित तिलनगर `उच्च माध्यमिक विद्यालयको आँगनमा
हुदै
छ
वाद
विवादको प्रतियोगितामा कति जना प्रतियोगीहरुले लिएका छन् |
उत्तर
– वाद विवाद प्रतियोगितामा चार जना प्रतियोगीहरुले भाग लिएका छन् |
वाद
विवाद प्रतियोगिता कुन विषयमा भएको थियो ?
उत्तर
– वाद विवाद प्रतियोगिता ‘ विज्ञान अभिशाप नभई वरदान’ भन्ने विषयमा भएको थियो |
‘विज्ञान
अभिशाप होइन वरदान हो ‘ भन्ने विषयको पक्ष र विपक्षमा ककले
बोले ‘
उत्तर
– ‘विज्ञान अभिशाप होइन वरदान हो’ भन्ने विषयको पक्षमा सीमा खान र गोपाल बुढामगर
अनि विपक्षमा मोनिका बुढाथोकी र आशाराम थारुले
बोले |
२)
तलका भनाइ कसले भनेको हो, भन :
क)
प्रतियोगीहरुले आफ्ना विचारहरु राख्दा अत्यन्तै शिष्ट र शभ्य भाषामा
राख्नुपर्ने छ
|
उत्तर
– यो भनाइ उद्घोषकले भनेको हो |
जल,
थल, र नभमा समेत
मानिसको विजय प्राप्त गरेको छ |
उत्तर
यो भनाइ सीमा खानले भनेकी हुन् |
बिफर,प्लेग र हैजा जस्ता
प्रणा घातक रोगलाई विज्ञानले नियन्त्रणमा लिएको छ
उत्तर
– यो भनाइ सीमा खानले भनेकी हुन्
विज्ञानले
विपत्ति ध्वंसलाई निम्त्याएको छ |
उत्तर
यो भनाइ मोनिका बुढाथोकीले भनेकी हुन् |
मानिसमा
दुर्भावना बढ्दा मानवताका पर्खालहरु गल्यार्मगुर्लुम ढलेका छन् |
उत्तर
– यो भनाइ आशाराम थारुले भनेका हुन् |
तलका
प्रश्नहरु उत्तर लेख :
आधुनिक
युग मानवका निम्ति किन वरदान सावित भएको छ ?
उत्तर
– आजको विज्ञान प्रविधि र कम्प्युटरकाकारण आधुनिक युग
मानवका लागि वरदान सावित भएको छ | प्राचिन युगको मानव बर्से भेललाई पार गर्न नसकेर नदीको पारीपट्टी निरास भइ वाल्ल परेर
हेरिन्थियो | आधुनिक युगमा आइपुग्दा विज्ञान प्रविधिलेका कारण पानीजहाज, रेल, मोटर, कार, हवाइजहाज जस्ता यातायातका साधनले मावन जीवनमा ठुलो परिवर्तन ल्याइदिएको छ | मानवजीवनलाई गरिबी बाट धनि तिर लम्काएको छ |अध्यारोबाट उज्यालोतिर
डोर्याउने काम गरेको छ | आज मानवका निम्ति
मानिसका लागि खतरा मानिने रोगहरु समेत विज्ञानले नियन्त्रण गरि मानव जीवनलाई सहज बनाईदिएको छ | यन्त्र मानवको आविष्कारले मानिसका लागि कठिन काम हरु समेत सहज ढंगले सम्पन्न हुने गरेका छन् | यिनै विविध कारणले गर्दा आधुनिक युग मानवका निम्ति
वरदान सावित भएको छ |
विज्ञानलाई
अभिशाप मान्नुपर्ने कारणहरु के के हुन्
|
उत्तर
– विज्ञानलाई अभिशाप मान्नुपर्ने कारणहरु थुप्रै रहेका छन |विज्ञानले आविष्कार गरेकादोस्रो विश्व युद्धमा अमेरिकाले छाडेका अणुबम र एटम बमले
जापानका सुन्दर सहर हिरोसिमा र नागासाकी ध्स्वस्त
भए | लाखौं मिनिसले अकालमा ज्यान गुमाएकाथिए |त्यसको पिडाले
अहिले पनि मानिसलाई साताइरहेको छ | विज्ञान प्रविधिले
आविष्कार गरेका शस्त्रअश्त्रहरु मानिसको खुसी र सुन्दर संसार
ध्वस्त पार्न मात्र प्रयोग भएका छन् |विज्ञानले विकास र निर्माण मात्र
होइन विपत्ति र ध्वस्त समेत
बनाएको छ |यन्त्र मानिसको
आविष्कारले मानवजीवनमा अकल्पनीय परिणामहरु ल्याएको छ | वातावारणलाई नकारात्मक प्रभाव परेको छ| जीवजन्तुको
बासस्थानमा समेत असर पुर्याएको छ | उत्पादनमा समेत प्रभाव परेको छ | मानव र संसारको अहिले
गर्ने विज्ञानलाई अभिशाप मान्नुपर्ने कारणहरु यिनै हुन् |
आशाराम
थारुले भनेका मुख्य कुरा लेख |
उत्तर
– आशाराम थारुले विज्ञानलाई अभिशाप मान्दै विज्ञानकै कारण मानवजीवन असहज,जटिल र यान्त्रिक बनेको
कुरा बताएका छन् | साथै उनले मानवीय मूल्य र मान्यताहरु समाप्त
भएको कुरा पनिउल्लेख गरेका छन् | यस्तै उनले विज्ञानले आविष्कार गरेका हात हतियारले संसारमा त्रास श्रजना गरेको र प्राकुर्तिक सुन्दरतापनि
नशा गरेको कुरा पनि उल्लेख गरेका छन | आणविक हतियार उत्पादन, परिक्षण र प्रयोगले माटोको
उर्वरा शक्ति कमजोर भएको, मानवमा अनेक रोग र त्रास फैलिएको
छ भने सङ्कटको भुमरीमा फस्दै गएको कुरा पनि उल्लेख गरेका छन् |
यदि
तिमि यस वादविवाद प्रतियोगितामा
निर्णयक बन्ने अबसर पाएको भए क्सलिया पहिलो
घोषित गर्थ्यो र किन ?
उत्तर
– यदि म यस वाद
विवाद प्रतियोगितामा निर्णायक बन्ने अवसर पाएको भए मोनिका बुढाथोकीलाई
पहिलो घोषित गर्थे | उनले ‘विज्ञान अभिशापबाट नभई बरदान हो ‘ भन्ने विषयको पक्षमा दिएका तर्कहरु निक चाखलाग्दो छ | विज्ञानले गरेका आविष्कारहरु जस्तै रेडियो, टेलिभिजन, मोवाइल, आदिमानिसका लागि वरदान नै सावित भएका
छन् भनी गरेको तर्कलाई कसैले इन्कार गर्न सक्दैन | विज्ञान, मानवको अभिन्न अंग बनेको, आबृतिउटा सानो कोठामा बसेर संसारका कुराहरु हेर्न अवलोकन गर्न विज्ञानकै कारण हो, | यस्तै एक ठाउँमा बसेर
हामीले संसार भरी आफ्ना आफन्तसंग कुरा गर्न सक्छौ यो पनि विज्ञानकै
कारण हो | विज्ञानले आज शिक्षा, यातायात,
कृषि,उद्योग, आदिको क्षेत्रमा ठुलो परीवर्तन गरेको छ | उनको विज्ञानले आविष्कार गरेका साधनहरुलाई सही किसिमले प्रयोग गरिनु पर्ने सुझाप पनि निकै उत्कृष्ट छ | अत : म वाद वीवाद
प्रतियोगितामा निर्णायक बन्ने अवसर पाएको भए मोनिका बुढाथोकीलाई
पहिलो घोषित गर्थे किनभने उनले विज्ञानका पक्षमा दिएका तर्कहरु बढी वैज्ञानिक र उपयुक्त रहेका
छन् |
विज्ञान
वरदान हो भन्ने पक्षमा
बोल्ने दुवै वक्ताका तर्कहरु राम्ररी पढेर पाँच ओटा बुँदा टिप र सारांश लेख
:
उत्तर
– क) विज्ञानको आविष्कारले गरेका वस्तुले आधुनिक मानव जीवन सुविधा सम्पन्न भएको र उसको जीवनमा
ठुलो परिवर्तन आएको,
आजको
मानिसले जल, थल र नभमा
विजय प्राप्त गरेको,
विज्ञानकै
कारण बिफर, प्लेग र हैजा जस्ता
प्रणा घातक रोगहरु नियन्त्रणमा आएका,
आज
विज्ञानले आविष्कार गरेका वस्तु मानवका अभिन्न अङ्ग बनेका र संसार निकै
साँघुरो बनेको छ |
विज्ञानले
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा यातायातका क्षेत्रमा ठुलो परिवर्तन ल्याएको |
तलका
तालिकामा देखाए जस्तै गरी प्रत्यय जोडी शब्द बनाऊ :
प्रत्यय
शब्द
शब्द
+ प्रत्यय
थप
शब्दहरु
इक
समुद्र
समुद्र
+ इक = सामुद्रिक
समाज,
दिन, विज्ञान, यन्त्र
इत
विकास
विकास
+ इत = विकसित
केन्द्र,
प्रदूषण, संचालन, प्रतिष्ठा
ईय
ताप
ताप
+ ईय = तापीय
मानव,
दानव, केन्द्र, स्वर्ग, आत्मा
उत्तर
– इक :
समाज
+ इक = सामाजिक
दिन
+ इक = दैनिक
विज्ञान
+ इक = यान्त्रिक
इत
:
केन्द्र
+ इत = केन्द्रित
प्रदूषण
+ इत = प्रदूषित
संचालन
+ इत = संचालित
प्रतिष्ठा
+ इत = प्रतिष्ठित
ईय
:
मानव
+ ईय = मानवीय
दानव
+ ईय = दानवीय
केन्द्र
+ ईय = केन्द्रिय
स्वर्ग
+ ईय = स्वर्गीय
आत्मा
+ ईय = आत्मीय
तलका
शब्दको अर्थ लेख :
वरदान आक्षेप अभिशाप अन्तरिक्ष
उत्तर
– वरदान = इच्छा
गरिएको वस्तुको प्राप्ति, वर, आशिर्वाद
आक्षेप
= आरोप, गाली, दोष
अभिशाप
= हानी नोक्सानी.सराप
अन्तरिक्ष
= पृथ्वी र ग्रह, नक्षत्र
आदिको बिचको खाली भाग, आकाश
अर्थ
स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर :
गल्यार्मगुलुर्म शिष्ट टुलुटुलु प्रणा
घातक, साँघुरो
उत्तर
– पोहिर सालको भूकम्पले गर्दा काठमाडौँका घरहरु गल्यार्मगुर्लुम भएर लड्यो |
शिष्ट
– हामीले सबैसंग शिष्ट व्यवहार गर्नुपर्छ |
टुलुटुलु
= दाइले
मलाई रिसले टुलुटुलु हेर्नु भयो |
प्रणा
घातक = आज संसारमा थुप्रै
प्रणा घातक रोगहरु फैलिंकै छन् |
साँघुरो
= स्कुल जाने बाटो साँघुरो भएको कारणले गर्दा सधै घुमेर जानुपर्छ |
तल
दिएका प्राविधिक शब्दहरुलाई वाक्यमा प्रयोग गर :
कम्प्युटर इन्टरनेट यन्त्र
मानव परमाणुबम एटम
बम
उत्तर
– कम्प्युटर = आजको विश्व कम्प्युटर बिना चलन सक्दैन |
इन्टरनेट
= इन्टरनेटको प्रयोगले गर्दा देशविदेशमा बस्ने आफन्त संग कुरा गर्न सजिलो भएको छ |
यन्त्र
मानव = यन्त्र मानवले असम्भव कामहरु पनिसजिलै गर्छ |
एटम
बम = एटम बमको प्रयोग मानव हित विरुद्ध गर्नु राम्रो होइन |
उल्टो
अर्थ दिने शब्द छानेर जोडा मिलाऊ :
सम्भव वरदान आधुनिक दुरुपयोग उपयोग असम्भव प्राचिन अभिशाप आविष्कार
उत्तर
= सम्भव – असम्भव
वरदान
– अभिशाप
आधुनिक
– प्राचिन
दुरुपयोग
– उपयोग
११
) मिल्दो अर्थ दिने शब्द छानेर जोडा मिलाऊ :
प्रगति त्रास कपोलकल्पित नयाँ निदान उन्नति मन
गढ़न्ते समाधान सन्त्रास नविन गोपनियता
उत्तर
– प्रगति = उन्नति
त्रास
= सन्त्रास
कपोल
कल्पित = मन गढ़न्ते
नयाँ
= नविन
निदान
= समाधान
आशाराम
थारुले बोलेका कुराहरु पढी जीवन, मानवीय शब्दमा जस्तै दिर्घ इकार प्रयोग भएका पाँच ओटा अरु शब्द खोजेर लेख :
उतर
– परीक्षण, गरिबी, औषधी, औद्यागिकीकरण, वातावरणीय
सिमा
खानले बोलेका कुरा हरु पढी ‘ विज्ञान, विषय, शब्दमा जस्तै शब्दको सुरुमा ह्र्स्व इकार लागेका पाँच ओटा शब्दहरु खोजेर लेख :
उत्तर
– विवाद, विपन्नता, निम्ति, बिफर, नियन्त्रण
तल
दिएका शब्द समूहबाट शुद्घ शब्द छानेर लेख :
आदनिर्य,
आदरणिय, आदरणीय
उत्तर
- आदरणीय
अभिशाप,
अभीसाप\, अभिसाप
उत्तर
– अभिशाप
अतिथि,
अतिथी, अतिथि
उत्तर
– अतिथि
पुर्वबक्ता,
पूर्ववक्ता, पूर्ववक्ता
उत्तर
– पूर्ववक्ता
पाठमा
प्रयोग बेका शिरबिन्दु लागेका केही शब्दहरु तल दिएका छन्
| तिनलाई वाक्यमा प्रयोग गर :
हिंसा, संसार, नरसंहार, ध्वंस, संज्ञा
उत्तर
– हिंसा = हतियारकोआविष्कारले संसारमा हिंसा बढेको छ |
संसार
= संसारमा वैज्ञानिकहरु थुप्रै जन्मिएका छन् |
नरसंहार
= दोस्रो विश्वयुद्धमा नरसंहारका धटनाहरु थुप्रै घटेका थिए |
ध्वंस
= संसारमा थुप्रै विपत्ति र ध्वंसका घटनाहरु
भएका छन् |
संज्ञा = उसको संज्ञा बुझेर म निकै हाँसे |
No comments:
Post a Comment